ब्याले डान्सका ‘चम्किला तारा’ क्रिग्टन सेती खोंचमा अस्ताए
पाेखरा | माघ ४, २०७९
तस्बिरः गेट्टी/इन्स्टा
गत आइतबार पोखराको सेती खोंचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर ३४ वर्षीय बेलायती नागरिक रुअन क्रिग्टनको पनि ज्यान गएको छ ।
अघिल्लो दिन काठमाण्डौंमा ३४ औं जन्मदिन मनाएर पोखरा आउन विमान चढेका क्रिग्टन सेती नदीको खोंचमा अन्य ७२ जनासँगै संसारबाट अस्ताए । प्रारम्भिक सूचनामा आइरिस नागरिक भनिए पनि उनी बेलायत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्रेन्टउड निवानसी क्रिग्टन सन् २००५ मा लन्डनस्थित सेन्ट्रल स्कुल अफ ब्यालेमा भर्ना भएका थिए । २००८ देखि २०१३ सम्म स्लोभाकियाको स्लोभाक नेसनल थिएटरमा आबद्ध भएका क्रिग्टनलाई ब्यालेको विधामा आबद्ध थिए ।
क्रिग्टनबारे सन् २००८ मा बिबिसीले ‘चम्किलो तारा’ उपनाम दिएर समाचार प्रकाशित गरेको थियो ।
जिम्न्यास्टिककासमेत विद्यार्थी रहेका क्रिग्टन २०१२ देख्रि बे्रन्टनकै सेन्ट्रल स्कुल अफ डान्स एण्ड ड्रामामा भर्ना भई ब्याले नृत्यतर्फ मोडिएका थिए । साथै, उनी नेदरल्याण्डको यूरोपियन स्कुल अफ फिजियोथेरापीको विद्यार्थीसमेत रहेको बताइएको छ ।
डेली मेल लेख्छ, ‘क्रिग्टनको मृत्युले युरोपको ब्याले समुदाय दुखित र शोकमा डुबेको छ ।’
‘क्रिग्टन चम्किलो घामजस्तै थियो, हामी असल साथी थियौं र लामो समय यहाँ बितायौं’ स्लोभाक नेसनल थिएटरमा लामो समय सँगै बिताएका क्रिग्टनका एक साथी भन्छन्, ‘म दुखित छु, उसको बारे केही बोल्न मलाई गाह्रो भइरहेको छ ।’
उनी अध्ययनरत विद्यालय सेनफिल्ड हाइस्कुलले क्रिग्टनलाई ‘नम्र र उदार’ व्यक्तिको संज्ञा दिएको छ ।
(डेली मेलको सहयोगमा)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

